सुष्मा र हेमाको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । थाइल्याण्डको बैंककमा जारी एएसबिसी यु-२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गर्नुभएको छ । महिला ४८ केजी तौल समूहमा सुष्माले भियतनामकी क्यूनहानलाई ५-० अंकको आधारमा जित्नुभयो भने ५७ केजी तौलसमूहमा हेमा राईले सिंगापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गर्नुभयो ।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वार्टरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका इन्द्रबहादुर सुनारले प्रिक्वार्टरफाइनलमा लाओसका खेलाडीसँग ५-० अंकको आधारमा जित हासिल गर्दै क्वार्टरफाइनल प्रवेश गर्नुभएको छ । उहाँले क्वार्टरफाइनलमा मंगोेलियनका गन्तुमार लुण्डासँग खेल्नुहुनेछ ।

नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी)ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसक्नुभएको छ । उहाँहरूले क्रमशः इण्डोनेसियाका मोसकिता माइकल र काजिकिस्तानका एरजन गुल्सायसँग खेल्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?