बात्साल्या र लिटिल फ्ल्वार विजयी

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार इंग्लिस स्कुलले जित हात पारेका छन् । बाल्साल्याले कैलाली विद्या निकेतनलाई ६ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले ५८ रन बनाएको थियो । उसका मुकेश शाहले १९, महेन्द्र विष्टले ८, निशान उपाध्यायले ९ रन जोड्नुभयो । बात्साल्याका विक्रम चन्दले ४ तथा निरज सिंह कार्कीले ३ विकेट लिनुभयो ।

यस्तै जवाफी ब्याटिङमा बात्साल्यले ६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो । उसका विक्रम चन्दले २६ र रोहन दियालले ७ रनको पारी खेल्नुभएको थियो । अतिरिक्तमार्फत बात्साल्याले २० रन पायो । कैलालीका मुकेश साहले ३ किवेट लिनुभएको थियो ।

दिउँसो भएको खेलमा लिटिल फ्लवार इंग्लिस स्कुलले त्रिनगर सेकेण्डरी स्कुललाई १० विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको त्रिनगरले ११.६ ओभरमा सबै विकेट गुमाएर ४७ रन बनाएको थियो । उसका प्रेम कुन्जेडाले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सक्नुभएन । लिटिल फ्ल्वारका रोशन रावल र सुवोध तिवारीले समान ३-३ विकेट लिनुभयो । त्यसबाहेक सचिन भट्ट र आशिष साहुले २–२ विकेट हात पार्नुभयो ।

जवाफी ब्याटिङमा लिटिल फ्ल्वारले ३.२ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्य भेटायो । उसका आरिष बोहले ३० तथा यशकुमार कठायतले ८ रन जोड्नुभएको थियो । खेलको म्यान अफ द म्याच लिटिल फ्ल्वारका रोशन रावल हुनुभयो । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ । यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताउनुभयो । त्यसबाहेक वेष्ट बलर र बेष्ट ब्याटरले तीन–तीन हजार नगद र तीन महिनाको छात्रवृत्ति पाउनेछन् ।

डीसीएका पूर्वखेलाडीसमेत रहनुभएका स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराको स्मृतिमा परिवारले हरेक वर्ष उहाँको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरी सहयोग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?