सिएनआई महिला उद्यमीद्वारा राहत वितरण

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) महिला उद्यमी मञ्चले सुनसरीस्थित अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । सिएनआईको केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमबीच मञ्चले कर्मयोग नामक सामाजिक संस्थालाई राहतका सामग्री हस्तान्तरण गरेको हो ।

राहत वितरण कार्यक्रममा मञ्च संयोजक छाँया शर्मा, किरण सुजका महानिर्देशक विदुषी राणा, चौधरी ग्रुपका प्रतिनिधि आसरता कार्की चौधरी, लाङटाङ रिटे«किङ तथा एक्सपिडिसनका महानिर्देशक पम्फा धमला, महिला उद्यमी मञ्चका सदस्य सरिता लामा, अनुजा सर्राफ तथा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका कर्पोरेट अधिकृत आरती लामाले पाँच सय ५० थान बाक्लो कम्बल, पाँच सय ५० थान ऊनीको टोपी, पाँच सय ५० थान मोजाका साथै चिउरा संस्थाका समुदाय विकास निर्देशक सौरभ रिमाललाई प्रदान गरेको सिएनआईले जनाएको छ ।

राहतका सामग्री सुनसरी जिल्ला बराह नगरपालिकाका ४, ६, ७, ८, ९, १० र ११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाउँका मुसहर, मधेशी, जनजाति, पिछडिएका समुदाय र विपन्न परिवारम्म पुर्‍याइने संस्थाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?