महिला टी-२० : उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम खेल्दैछन् ।

खेल दिउँसो १२ बजेपछि सुनसरीको इटहरीमा सुरु हुनेछ । प्रदेश एक विभागीय क्लब एपीएफलाई हराउँदै फाइनलमा पुगेको हो ।

हिजो भएको सेमिफाइनल खेलमा प्रदेश एकले एपीएफलाई ८ विकेटले हरायो । त्यस्तै अर्को सेमिफाइनलमा मधेस प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।

प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?