माओवादी केन्द्रले संसदीय अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखायाे : डा. भट्टराई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रथम महाधिवेशन आउँदो वैशाखमा गर्ने भएको छ ।

१५ देखि १७ असोजमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको प्रथम महाधिवेशन आगामी वैशाखमा गर्ने बताउनु भएको छ ।

महाधिवेशनको तयारीको लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेगरी बोलाइएको छ ।

साथै पार्टी एकताका लागि तत्कालका लागि माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको बताउँदै भट्टराईले माओवादी केन्द्र संसदीय अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखाइरहेको आरोप लगाउनु भएको छ ।

‘यो स्थितिमा हामीले प्रस्तुत गरेको ९– बुँदे समष्टीगत प्रस्ताव बारे माओवादीकोे औपचारिक धारणा नआएसम्म माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रष्ट पार्न चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रसँग नयाँ आधारमा नयाँ समाजवादी केन्द्र निर्माणका निम्ति वार्ता प्रक्रिया सुरु गर्दै समाजवादी पार्टीले नयाँ युगको नयाँ सम्मुनत समाजवादी पार्टीको विचार, नीति, कार्यक्रम, संगठनात्मक सिद्धान्त, कार्यशैलीसहितको नौ–बुँदे पार्टी एकताको आधार प्रस्तुत गरेको डा. भट्टराईले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?