सांसद एल. पि. साँवाद्वारा १० बालबालिकाको अभिभावकत्व ग्रहण

Read Time = 3 mins

झापा ।  प्रतिनिधि सभा सदस्य एल.पि. साँवा लिम्बुले सामाजिक क्षेत्रमा थप सकृयता बढाउनु भएको छ ।

दोस्रो कार्यकालका लागि झापा क्षेत्र नं ४ बाट  प्रतिनिधि सभामा निर्वाचित हुनु भएका सांसद साँवाले विद्यार्थी भर्ना अभियान अन्तर्गत कमजोर आर्थिक अवस्थाका बालबालिकाकाे  अध्ययनका लागि विद्यालय पोशाक, शैक्षिक सामग्री तथा खाजा खर्च समेतको जिम्मा लिँदै विद्यालय भर्ना गरिदिनु भएको छ ।

सांसद साँवाले कमजोर आर्थिक अवस्थामा रहेका अभिभावकका १० बालबालिकाको विद्यालय पोशाक, शैक्षिक सामग्री तथा खाजा खर्च समेतको जिम्मा लिएर उनीहरुलाई विद्यालयमा भर्ना गरिदिएको उहाँका प्रेस संयोजक दिपेन्द्र प्रसाइँले जानकारी दिनु भयो ।

सांसद साँवाले झापामा डिल्लीराज माविका सुस्मिताकुमारी माझी , गौरव माझी ,तापश उराउ र प्रदीप माझीको जिम्मेवारी लिनुभएको छ भने त्रिभुवन आधारभुत विद्यालयका अमन कुमार कोच, अनुपम कुमार मुखिया , पृनक्ष्या कहाँर , धिरज कोच , राजनारायण कोच र सरिता हाँस्दाको शैक्षिक खर्चको जिम्मेवारी बहन गर्नुभएको छ ।

आफ्नो क्षेत्रमा अधिक समाज सेवामा कृयाशिल सांसद साँवा विपन्न तथा कमजोर आर्थिक अवस्थामा रहेका विशेषत मुटु रोगीको उपचारमा सहयोग पुर्याउँदै आउनु भएको छ ।

उहाँले आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिकाले विद्यालयमा भर्ना हुन नपाउनु अत्यन्त दुखत भएको बताउँदै आफूले विद्यालय तहको पढाईमा लाग्ने सम्पूर्ण खर्च ब्यहोरेर भएपनि बालबालिकाको पढ्न पाउनुपर्ने अधिकारलाई सम्बोधन गरेको बताउनु भयो ।

सामुदायिक विद्यार्थीका लागि पाठ्यपुस्तक सरकारले उपलब्ध गराउने र शुल्क समेत नलाग्ने भएपनि अध्ययनका क्रममा चाहिने अन्य शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक समेतको अभाव महसुस गर्नु नपरोस् भनेर सांसद साँवाले विद्यालय तहको पठनपाठन पूरा हुञ्जेल आवश्यक पर्ने सम्पूर्ण खर्च आफ्नो तर्फबाट उपलब्ध गराउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?