यस्तो छ तपाईंको माघ ८ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ माघ ८ गते आइतबार, ई.सं २२ जनवरी, २०२२ । तिथि-माघ शुक्लपक्ष प्रतिपदा, नक्षत्र- उत्तराषाढा, ७ः४९ बजे उप्रान्त श्रवण, योग- वज्र, करण- किंस्तुघ्न, चन्द्रराशि- मकर, सूर्योदयः ६ः५७, सूर्यास्तः १७ः३५ ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मिथुन : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

कर्कट : नवीन रोजगारीको सम्भावना छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कन्या : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

तुला : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

वृश्चिक : प्रतिस्पर्धीमाथि विजयी प्राप्त गर्ने योग छ ।

धनु : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?