एफवान बैंकर्स मिटअप २०२३ सम्पन्न

Read Time = 2 mins

काठमाडौं । फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादित प्रविधिबारे छलफल भएको थियो ।

एफ्वान सफ्टतर्फबाट पछिल्लो समयमा विकास भएका प्रविधि, मोबाइल बैंकिङमा प्रयोगकर्ताको विकास र विश्वास, आममानिसले मोबाइल बैंकिङलाई कुनरूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो । सो अवसरमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भन्नुभयो, ‘हामीले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रममध्ये बैंकर्स मिटअप एक हो ।

यो कार्यक्रममा एफवान सफ्टले लिइरहेको दिशालाई कसरी सञ्चार गर्ने भन्ने कुरामा छलफल गर्न पाउँदा खुसी लागेको छ । हामीले बैंकिङ उद्योगबाट प्राप्त गरेको विश्वास र समर्थन हाम्रा लागि महत्वपूर्ण छ । यो कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ र हामी हाम्रा साझेदारबाट थप सुझावको अपेक्षा गरिरहेका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?