काठमाडौं । पाँचौँ संस्करणको शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ २९ गतेबाट हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलनमार्फत् यसअघि फागुन ४ गतेबाट हुने भनिएको प्रतियोगिता अघि सरेको जनाएको हो ।
हेटौंडा-५, पिप्लेस्थित क्याम्पा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा दुई विदेशी टिम, आठ ‘ए’ डिभिजन क्लब र दुई मोफसल टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक मकवानपुरसहित त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, नेपाल एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी क्लब, मच्छिन्द्र क्लब, सातदोबाटो युवा क्लब, जावलाखेल युथ क्लब, एभिनियर एफसी क्यामरुनको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र दोस्रो टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५० हजार तथा विधागत उत्कृष्ट खेलाडीहरूले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई यसअघिको तेस्रो र चौथो संस्करणमा हेटौंडा स्कुल म्यानेजमेन्टले रोयल इन्फिल्ड बाइकको प्रायोजन गर्दै आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच