कर्णालीसहित सुदूरपश्चिमका अधिकांश हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात, जनजीवन प्रभावित

फाईल तस्बिर

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कर्णाली र शुदुरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लाहमा भारी हिमपात भएको छ । हिमपातले जनजीवन अस्तब्यस्त बनेको छ ।

सोमबारदेखि परेको बर्षासँगैको हिमपातले अत्याधिक चिसोले दैनिक जनजीवन प्रभावित बनेको हो ।
लगातारको हिमपातले कर्णाली प्रशदेको कालीकोटको मान्म, जुम्ला, हुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरा सदरमुकाम मार्तडी कोल्टी, बाजुराको हिमाली गाउँपालिका, स्वामीकार्ती खापर गाउँपालिका लगायतका उच्च हिमाली र लेकाली क्षेत्रमा हिमपात भएपछि नागरीकको जनजीवन कष्टकर बनेको छ ।

हिमपात र सिमसिमे बर्षाले सडक समेत अवरोध भएका छन् । यो वर्ष करीब छ महिना पछि यति धेरै हिमपात भएको हो । हिमपात भएपछि आवतजावतमा समेत समस्या हुनुका साथै सुदूरपश्चिम प्रदेशको बाजुरामा सञ्चार सेवा बिच्छेद बनेको छ ।

हिमपातले चिसो बढेपछि बाजुराको सदरमुकाम मार्तडी, कालीकोटको सदरमुकाम मान्म, मुगुको सदरमुकाम गमगढी, बझाङ्गको सदरमुकाम चैनपुर, हुम्लाको सदरमुकाम सिमकोट लगायतको जनजीवन प्रभावित भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अत्याधिक चिसो र हिमपात भएपछी दैनिक कामकाजमा समस्या भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

निरन्तरको हिमपातले नेपालगञ्जबाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुँने नियमित हवाई उडान समेत बन्द छन् । दैनिक नेपालगञ्ज बाट ३० देखि ४० सम्म हुँने उडान सेवा बन्द भएको नागरिक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको धनगढीबाट हुने उडान बन्द भएका छन् । धनगढीबाट बाजुरा, अछाम, बझाङ्ग, बैतडीमा हुने उडान सबै बन्द भएको धनगढी विमानस्थलले जनाएको छ ।

भारी हिमपातपछि सुदूरपश्चिमका केही जिल्ला सञ्चार बिहीन

बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह हुम्ला, मुगु, बझाङ्ग, दार्चुला लगायत पहाडी तथा हिमाली क्षेत्रका नागरिक सञ्चार बिहीन बनेका छन् । नेपाल टेलिकमको टावरमा रहेका सोलारका ब्याट्रिमा चार्ज नभएपछि सञ्चार बिहीन बनेको नेपाल टेलिकम बाजुराले जनाएको छ ।
उत्तरी क्षेत्रका ४ स्थानीय तह हुम्ला, मुगु र कालीकोटका केही टावरमा लिंङ्क भएकाले पोरखे टावरमा बिधुत पावर नहुँदा टावर सञ्चालन आउन नसकेको नेपाल टेलिकम बाजुराले जनाएको हो । ती सबै क्षेत्रमा फोन र इन्टरनेट सेवा नहुँदा स्थानीय तहको कामकाज समेत प्रभावित बनेको छ ।
चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बेशी तिर झरेको छन् । बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजीवन प्रभावित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनि चिसोले जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन् ।

हुम्लामा बाक्लो हिमपात, जनजीवन प्रभावित

हुम्लामा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि आन्तरिक पर्यटक खुसी भएका छन् । लामो समयको प्रतीक्षापछि हिमपात भएकाले वातावरण सुन्दर देखिएको छ । हुम्लामा करिब दुई फिट बाक्लो हिमपात भएको छ ।

हुम्लाका पत्रकार नरजंग तामाङका अनुसार ढिलै भए पनि हिउँ पर्दा किसनामा खुसीयाली छाएको बताउनुभयो । घरको छानामा हिउँ थुप्रिएपछि स्थानीयलाई हिउँ फाल्न चटारो छ । आन्तरिक पर्यटकहरू हिउँसँग रमाइरहेको स्थानीयको भनाइ छ ।

हिउँ पर्नेक्रम जारी रहेकाले हिउँको मात्रा अझै बाक्लिने स्थानीय प्रशासनले जनाएको छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?