विश्वासको मत दिएको विषय समाप्त भइसक्यो, सहमतिको सम्भावना कम छ : शेखर कोइराला

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कांग्रेसले सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको बताउनुभएको हो ।

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसले उम्मेदवारी दिने र अन्य दलसँग छफलफल भइरहेको जानकारी दिनुभयो।

यस्तै कोइरालाले प्रतिपक्षीले जतिबेला पनि सरकार ढाल्ने र बनाउने सामथ्र्य राख्नुपर्ने बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने खेल भइरहेको बताइरहेका बेला कांग्रेस नेता कोइरालाले अब सदनमा आफूहरू प्रमुख विपक्षी भएको र सरकार ढाल्न लाग्ने जवाफ दिनुभएको थियो।

यस्तै कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताउनुभयो छ । राष्ट्रपतिमा कांग्रेसले उम्मेदवार दिने र त्यसलाई सर्वस्वीकार्य बनाउने आफूहरूको प्रयास रहने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?