उपाधिका लागि एपीएफ र आर्मी भिड्ने

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सस्शत्र प्रहरूी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपएीफले फाइनलमा स्थान पक्का बनाएको हो । २५-१३, २५-१७ र २५-२१ ले गण्डकी एपीएफसामु स्तब्ध बनेको थियो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यू डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३-१ ले हरूाउँदै त्रिभुवन आर्मी क्लबले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २३-२५ ले गुमाएको आर्मी २५-१३, २५-२२ र २५-१२ ले विजयी हुँदै फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार हुनेछ । यस्तै तृतीय स्थानका लागि गण्डकी प्रदेश र न्यू डायमण्ड युथ स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरूीको एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यसैगरी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरूीको नेपाल पुलिस क्लब, एपीएफ क्लब र आयोजक गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ च्याम्पियन टोलीलाई पाँच-पाँच लाख र उपविजेता टिमलाई समान नगद दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तृतीय हुने टोलीलाई एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक देवेन्द्र केसीले दिनुभयो ।

महिला तथा पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीले जनही समान नगद २५-२५ हजार प्राप्त गर्नेछन् । हरूेक विद्याका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई दश/दश हजार रुपैयाँर ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?