सरकारलाई विश्वासको मत दिँदैमा काँग्रेस विपक्षी दलबाट कट्टा हुँदैनः रामनारायण बिडारी

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसावबाट बुझ्न नहुने बताउनु भयो ।

उहाँले सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरुले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको बताउनु भयो । उहाँले संविधानले विपक्षी नेताको व्याख्या गरेको भएपनि विपक्षी दलको व्याख्या नगरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा हुन नरहेको जिकिर गर्नुभयो ।

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदका अधिकांश दलहरुले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थिएन । नेपाली काँग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि संसदमा अहिलेसम्म पनि प्रमुख प्रतिपक्ष दल को हो भन्ने प्रश्न रहेको छ ।

उहाँले भन्नुभयो, ‘विपक्षी दलले कहिले पनि सरकारको समर्थन गर्न हुँदैन, कुनैपनि विषयमा हुँदैन, विपक्षी दल र सरकार भनेको टसल गर्ने तत्वहरु हुन् भन्ने प्रकारले बुझ्नु हुँदैन । त्यसो भए त बधाई दिनु पनि हुँदैन नि । शुभकामना दिनु हुँदैन । विश्वासको मत पनि सरकार गठन गरेको होइन, उसको सही छाप पर्दैन । उसले सही गर्नु पर्दैन । तर सरकार उसले गठन गरिदिएको भए त्यो विपक्षी हुँदैन थियो, सरकारले गठन भइसक्यो, तिमीलाई मेरो यति वर्षका लागि समर्थन छ भनेको न हो । यसलाई विपक्षीरहित बनाउने उद्देश्यका साथ राजनीतिक दलले गरेको व्याख्या हो । संविधानले विपक्षी दलको व्याख्या गरेको पनि छैन । अरु कानूनमा पनि हेरियो छैन । विपक्षी दलको व्याख्या कतै पनि छैन, नेताको व्याख्या छ । विपक्षी दल भनेको को हो ? व्याख्या छैन । सरकारको विश्वास गरेको भन्दैमा विपक्षी दल हुनुबाट कट्टा हुन होइन ।’

वरिष्ठ अधिवक्ता बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्ण समानुपातिक वा पूर्ण प्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो

वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतिक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने बताउनु भयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बताउनु भयो । उहाँले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाउनु भयो । उहाँले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भएपनि पछिल्ला घटनाक्रमले राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो ।

उहाँले राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुप¥यो भन्दै प्रश्नसमेत गर्नुभयो । राष्ट्रपतिको चुनाव गोप्य हुनु भनेको ह्वीप लाग्दैन भन्ने अर्थ रहेको स्पष्ट पार्नुभयो ।

साथै उहाँले वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने अभ्यास गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?