विगतको कमजोरीबाट सच्चिएर अहिलेको समीकरण जोगाउनुपर्छ : पोखरेल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि बनेको दाबी गर्नुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा संगठनले शनिबार दोलालघाटमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले हिजोको कमी कमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको पनि उहाँले उल्लेख गर्नुभयो । अहिले बनेको समीकरणअनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरूबीच भएको सहमतिलाई अक्षरशः पालना गर्नुपर्ने उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताउनुभयो । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?