मेटलाइफको मध्यावधि वृद्धि बीमा योजना

Read Time = 3 mins

काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकका लागि मध्यावधि वृद्धि बीमा योजना ल्याएको छ । कम्पनीले मध्यावधि फाइदासहितको नयाँ एन्टिसिपेटेड एन्डोमेन्ट जीवन बीमा योजना सञ्चालनमा ल्याएको हो । कम्पनीका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, एसिया वितरण प्रमुख यंग हो हान र एसिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमांक रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन् अर्थात् उनीहरूले अग्रिमरूपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् । सोही अवधिमा बीमितको मृत्यु भएमा बीमांक रकम बराबर शतप्रतिशत रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्नेछन् । योजनाको मध्यावधिपछि मृत्यु भएमा इच्छाइएको व्यक्तिले बीमांक रकमको दोब्बर रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले धेरै उत्साहका साथ ग्राहकका लागि नयाँ विशेषतासहितको बीमा योजना ल्याएको बताउनुभयो । योजनाले बीमा अवधिको मध्यावधिमा बीमांकको ४० प्रतिशत र परिपक्वता मितिमा बीमांकको ६० प्रतिशत रकम र थप आर्जित रिभर्सनरी बोनससहित दुई चरणमा भुक्तानी गरिने जीवित लाभ प्रदान गर्नेछ । बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१ दिन, अधिकतम ६० वर्ष रहेको छ । योजनाको न्यूनतम बीमांक रकम दुई लाख ५० हजार र अधिकतम बीमांक ५० करोड रुपैयाँ रहेको छ । बीमितले आवश्यकताका आधारमा वार्षिक, अर्ध–वार्षिक र त्रैमासिकरूपमा बीमाशुल्क तिर्न सक्ने पनि कम्पनीले जनाएको छ । अतिरिक्त बीमा रक्षावरणको लाभ लिन चाहनेका लागि योजनाअन्तर्गत व्यत्तिगत दुर्घटना सुरक्षा लाभ, पूर्ण तथा स्थायी अशक्तता भएमा बीमा शुल्क छुट र गम्भीर रोगसम्बन्धी घातक बिरामी पूरक करार संलग्न गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?