सुष्मालाई शिरिश फाउण्डेसनको सम्मान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शिरिश फाउण्डेसनले थाइल्याण्डको बैंककमा भएको एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई सम्मान गरेको छ । फाउण्डेसनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद २५ हजारसहित एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।

फाउण्डेसनले सुष्मालाई नगदसहित प्रशिक्षण सामग्री, खेल पोशाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि एक वर्षका लागि प्रायोजन गरेको थियो । सुष्माअघि फाउण्डेसनले १२ र १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो ।

जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै नेपाली बक्सिङमा इतिहास रच्नेक्रममा रजत पक्का गर्नुभएको थियो । फाइनलमा भने सुष्मा उज्वेकिस्तानकी खेलाडीसँग चुक्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?