लामिछाने बिरुद्धको उजुरी दर्ता भएन, सर्वोच्चको पूर्ण पाठ पछि निर्णय हुने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट मन्त्री र सांसद पद गुमाउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोहारो राहदानीबिरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन ।

सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौं प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले उहाँ बिरुद्धको उजुरी भने हाललाई दर्ता गरेको छैन ।

काठमाडौं प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको हो ।

निवेदनमा पौडेलले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जानुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?