सेन्ट जेभियर्सले शनिबार साइकल र्‍याली गर्ने

Read Time = 2 mins

काठमाडौं । राइड फर क्रियसन, राइड फर इन्नोभेसन भन्ने नाराका साथ शनिबार नवौँ एसएक्ससी साइकल र्‍याली हुने भएको छ । सेन्ट जेभियर्स कलेजका विद्यार्थीले काठमाडौंमा आयोजना गर्ने साइकल र्‍यालीमा कलेजका पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहने बताइएको छ । कलेजको सोसियल सर्भिस, इन्भायरोमेन्ट एण्ड टेक्नोलोजी (द सेट काउन्सिल)को आयोजनामा हुने साइकल र्‍याली माइतीघरस्थित कलेजबाट सुरु भई ललितपुर, भक्तपुरका विभिन्न स्थान हुँदै पुनः कलेजमै पुगेर समापन हुने आयोजक संस्थाकी अध्यक्ष श्रुति पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलका अनुसार उपत्यकाका तीनवटै जिल्ला समेटिने गरी कुल २०.७ किलोमिटर दूरीमा साइकल ¥याली हुनेछ । सहभागीलाई प्रमाणपत्र, मेडल र टिसर्टलगायत प्रदान गरिने पनि उहाँले हिमालय टाइम्सलाई बताउनुभयो । सेन्ट जेभियर्स कलेजले नियमित पठनपाठनका साथै विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासका लागि विविध अतिरिक्त क्रियाकलापका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?