ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

झापा । शिवसताक्षी नगरपालिका-१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ना३ख ८३११ नं का चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

उहाँका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?