मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ ।

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेट जारी छ । मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ ।

३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आउनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?