जापानमा बढे श्वासप्रश्वासका बिरामी

Read Time = 2 mins

टोकियो । जापानमा श्वासप्रश्वासका बिरामी हृवात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको संख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय संक्रामक रोग संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यही माघ १५ गतेसम्म राष्ट्रव्यापी प्रतिचिकित्सा संस्थामा बिरामीको औसत संख्या दश दशमलव ३६ पुगेको छ । हरेक स्वास्थ्य संस्थामा १० जना बिरामी आउने अनुमान गरिएकामा तिनमा बिरामी चाप बढेको पाइयो । बढ्दो बिरामीको संख्याले आगामी चार सातासम्म महामारीको चेतावनीलाई इंगित गरेको छ ।

देशका ४७ प्रिफेक्चरमा नियमित रूपमा गरिएका करिब पाँच सय चिकित्सा संस्थाको अनुगमनमा ५१ हजारभन्दा बढी श्वासप्रश्वासका बिरामी फेलापरेका छन् । ओकिनावा प्रिफेक्चरमा सबैभन्दा बढी ४२ दशमलव २३, फुकुईमा पच्चीस दशमलव ३८, ओसाका २४ दशमलव ३४ र फुकुओका २१ दशमलव ७० प्रतिशतले बिरामी बढेका छन् । विगतको भन्दा बेग्लै प्रकृतिका बिरामी बढेका भन्दै स्वास्थ्य विज्ञहरूले रोग अझ फैलिनसक्ने चेतावनी दिएका छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?