स्वयम्भुनाथ कार्की
नुवाकोट गएर आफ्ना गुरु पुरोहित, भाइभारदार तथा आपूmप्रति अनुग्रह राख्नेहरूलाई भेला गराई पृथ्वीनारायण शाहले मनमा लागेका कुराहरू सुनाए । यही कुराहरूको संग्रह उनबाट सुनेकाहरूले उनको आदेश बमोजिम टिपोट गरेर राखे । पृथ्वीनारायण शाहको यो आत्मवृतान्त नै आजकल दिव्योपदेशको नामले चिनिन्छ । मैतालु लिन मकवानपुर गएका उनको जेठान दिगबन्धन सेनसँग खटपट भएकोले उनलाई हाँक दिएर गोरखा फर्किनु परेको झवाँक र चन्द्रागिरिबाट देखिएको रमणीय तीन शहरले उनलाई लोभ्यायो ।
यसरी नेपालको एकीकरणको विचार उनमा आयो । त्यो कसरी उनले सम्भव गरे भन्ने कुरा उनकै मुखले आफ्नो जीवनकालमै भनेका छन् । डोला लिन मकवानपुर पुगेका उनलाई उनका जेठान दिग्बन्धन सेनले मानसिक चोट पुर्याएका थिए र डोला नलिई फर्केर आउँदा चन्द्रागिरिबाट नेपाल खाल्डोको रमणीय दृश्य देखेर उनी लोभिएका थिए । सम्भवतः उनले आफ्नो मृत्यु निकट देखिसकेका थिए तर उनी आफ्ना सन्तानले आफू शारीरिक रूपले कमजोर भएको प्रत्यक्ष नदेखुन् भन्ने चाहन्थे ।
उनले देखेको समृद्ध नेपालको सपना सम्पूर्ण रूपले पूरा भइसकेको थिएन । त्यो सपना उनका सन्तानदर सन्तानले पूरा गरिदिऊन् भन्ने चाहन्थे भन्ने कुरा उनको यो भनाइबाटै प्रष्ट झल्किन्छ । सुरु नै ‘बुढा मरै भाषा सरै भनी भन्छन् । तिमीहरू सबै छेउ सुनाई गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि खानन्’ (दिव्योपदेश तृतीय सस्करण संं. ऐ.शि.बाबुराम आचार्य योगी नरहरिनाथ पृ.३०) ।
पृथ्वीनारायण शाह स्वीकार गर्छन् नेपाल एकीकरणको सोच त्यसै बेलाबाट उनमा आएको थियो । यस कामका निमित्त उनले कत्तिको पनि ढिलो नगरी तयारीको काम पनि थालिहाले । रात साँझ गरी धादिङ पुगेपछि लिगलिगकोटमा तैनाथ आफ्ना सेनानीहरू रणजित बस्नेत, मानसिंह रोकाया र वीरभद्र पाठकलाई रातसाँझ गरी मैधी बोलाए र भेटे । अर्थात् गोरखा पुगेर दरबारमा सल्लाह गर्ने भनेर समय खेर फालेनन् । उनको चिन्ता थियो आफू काठमाडौं चढाइमा जाँदा कतै अरू आफैँलाई अर्थात् गोरखा नै हान्न आयो भने के हुन्छ ? यस कुरामा ती तीन सेना नायकहरूले पृथ्वीनरारायण शाहलाई आश्वस्त पारे । कथंकदाचित कोही आइहाले पनि तिनलाई चेपेमै रोक्ने वचन दिए ।
सत्ताको निमित्त, शक्तिको निमित्त अन्धो भएर जे पनि गर्ने नेपाली अभिजात्य वर्गको दुर्नियत त्यस बेलामात्र होइन अहिलेको गणतान्त्रिक भनिएको नेपालमा पनि नेपालीहरूले भोग्दै आएका छन् । पृथ्वीनारायण शाहले त गोरखामै यस्ता अभिजात्यहरूलाई कसरी ठेगानामा राख्नुपर्छ भन्ने सिकेका थिए ।
गोरखा पुग्दा मामा पाल्पाली युवराज उद्योत सेन पनि तीर्थाटनलाई गोरखा पुगेका थिए । देवघाटको बाटो गरी गोसाइँकुण्डमा नीलकण्ठ महादेव, काठमाडौंमा श्री पशुपतिनाथ दर्शन सकेर श्री गोरखनाथको दर्शनलाई गोरखा आएको अवस्था थियो । दिगबन्ध सेनसँगको खटपट र काठमाडौं हान्ने मनसुवाका बारेमा मामाको राय लिए । मामाले पनि तपाईंहरू पाँच पाण्डव जस्ता हुनुहुन्छ, मलाई पञ्चरात्रिमा दृष्टान्त भए अनुसार तपाईंहरू सफल हुनुहुन्छ भनेर भने । तपाईंहरूले जोडेको नेपाल कुरुक्षेत्र झैँ अर्थात् अर्को कुरुक्षेत्र नभई फुट्दैन भने ।
त्यसपछि लमजुँगे राजा रिपुमर्दन शाहसँग सन्धि गरे । यस सन्धिमा कालु पाण्डेले कौशल देखाए । यो कौशल, जनता र छिमेकी राजीखुसी राखेकाले बिराज बखेतीलाई पछि पार्दै कालुपाण्डे काजी नियुक्त भए । त्यसपछि उनी शक्तिपीठहरू, मन्दिरधामहरूको दशर्नको साथै सैन्यबल र मित्रबल संकलन गर्न लागे । योजना, तयारी अनि परिचालन गरेर गरिएको चढाइमा पनि अनेकौं हण्डर खानुपर्यो । नवाब कासिम अलिखानको आक्रमण झेल्नु पर्यो तर यस लडाइँमा पृथ्वीनारायण शाहलाई फाइदा नै भयो । पत्थरकला भनिने बन्दुकहरू उनको हात परे । त्यसको रखबार, सम्बद्र्धन गर्न तीन मुसलमान विषेशज्ञ पनि संलगन गराए । त्यसबेलादेखि नै नेपाली सेनामा मुसलमान सामेल छन् ।
यत्रो लामो प्रयत्न र परिश्रमपछि काठमाडौं जिते पनि उनले त्यस स्थानलाई स्थायी बसोवासको योग्य ठानेनन् । ‘मेरो मनसुवा ता दहचोकमा दरबार बनाउँला र चारै दिशा थरघरको, गुरु प्रोहित, भैयाद, भरादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउँला र यी तीन शहरमा ता दरबारबाट स्वषसयललाई मात्रै जाँला भन्या यस्तो अविलाषा थीयो ।’ (दिव्योपदेश तृतीय संस्करण संं.ऐ.शि.बाबुराम आचार्य योगी नरहरिनाथ पृ.४८) ।
उनको यो कुरा सुन्नेले उनका छोरा प्रतापसिंह शाहलाई सुनाएनन् कि प्रतापसिंह शाहले पनि त्यसमा अमल गर्ने समय पाएनन्, किनभने राज्यारोहणको दुई वर्षमै प्रतापसिंहले यो संसार त्यागे । जे होस् पृथ्वीनारायण शाहको दहचोकमा राजधानी सार्ने अभिलाषा भने अधुरै रहृयो । बाबु छोराको मिलाएर नेपाल एकीकरणपछि केवल आठ वर्षको शासन मात्र रहृयो । प्रतापसिंहको यो मृत्युले नेपाललाई एक कहालीलाग्दो षड्यन्त्रको थलो भएको दरबार सुम्पियो । प्रतापसिंहका भाइ बहादुर शाहको सुझबुझ, साहस तथा कौशल नेपालको इतिहासमा अंकित छ ।
प्रतापसिंह केही वर्ष अरू बा“चेका भए यी दाजुभाइले नेपाललाई प्रगतिपथमा डोर्याउने थिए कि भन्ने आशा राख्नेहरू पनि नभएका होइनन् ।
बहादुर शाहले केही समय त शिशुराजा भएका आफ्ना भतिजा रणबहादुर शाहको नायवी गरे तर भाउजूको कान भर्ने भारदारहरूको कारणले यिनको दूर्दशा भयो । नेपालको सत्ता वरिपरि लागेका यस्ता ग्रहण सरहका भारदारहरू गोर्खाको भारदरीमा थिएनन्, यो त पाटनका छ प्रधानहरूले स्थापना गरेको परम्परा थियो । सत्ताको निमित्त, शक्तिको निमित्त अन्धो भएर जे पनि गर्ने नेपाली अभिजात्य वर्गको दुर्नियत त्यस बेलामात्र होइन अहिलेको गणतान्त्रिक भनिएको नेपालमा पनि नेपालीहरूले भोग्दै आएका छन् ।
पृथ्वीनारायण शाहले त गोरखामा नै यस्ता अभिजात्यहरूलाई कसरी ठेगानामा राख्नुपर्छ भन्ने सिकेका थिए र उनको दिव्य उपदेशमा पनि सन्तानलाई आफ्नै उदाहरण दिएर सम्झाएका थिए । कुलको परम्परा जान्नै नपाई बाबु गुमाएका रणबहादुर शाहलाई उनकी आमाले यस्तो घुमाइन् कि आफ्ना हजुरबुबाको उपदेश नै उनलाई तीतो लाग्न थाल्यो । नत्र भने त हजुरबुबाले पहिल्यै भनेका थिए दुनियाँ जसदेखि राजी रहन्छन् उसैलाई कज्याइ दिनु ।
हुनसक्छ त्यसबेला आफ्ना सन्तानले पाऊन् भनेर लेखाएका यी अनुभव तथा मार्गदर्शन पाउनेले आफैँसँग सीमित राखे । यदि यस्तो गरिएको भए त्यो असम्भव कुरा होइन । केही समय पहिला राजा महेन्द्रका डायरीहरू अंग्रेजीमा अनुवाद गरेर राजा वीरेन्द्रसम्म पुर्याउने जिम्मा कसैलाई दिएको कुरा आएको थियो । ती पाउने व्यक्तिले राजा वीरेन्द्रको २९ वर्ष लामो शासनकालमा पनि हस्तान्तरण गर्न सकेनन्, गरेनन् वा गर्न चाहेनन् । पृथ्वीनारायण शाहका यी कुराहरू छोरानातिसम्म नपुग्नाले शाहवंशमा कहिले पाण्डे, कहिले थापाले जगजगी गर्न पाए । त्यसपछि त राणा युग नै सुरु भयो । राजा महेन्द्रका ती डायरीहरू लुक्नाले के के भयो त्यो मूल्यांकन गर्ने जिम्मा भविष्यलाई नै रहनेछ ।
युवाहरूको बाली लगाउने नेपाल, गोडमेल गर्ने नेपाल, बाली टिप्ने नेपाल तर दाइँ हाल्ने भने विदेश भएर आज लाखौं नेपाली युवा विदेशमा चाकरी गर्न बाध्य पारिएका छन् । मुलुकको भलो गर्ने जिम्मवारी भएको पदमा आसिनहरू युवालाई विदेश पठाउने दलाल भएका छन् ।
पृथ्वीनारायण शाहले नेपालको कुन किताब पढेको थिए त्यो त स्पष्ट छैन तर उनले त्यो किताबको उल्लेख गरेका छन् । ‘नेपालको किताप हेर्दा तुर्काना, मंग्रात, मुग्लाना हुन्या रहेछ र तुरकाना अघि भै गयेछ । मगरात्को राजा मै हु“ । मुग्लानाको दोस मेट्नालाई आधा थुम मेटि कंपनी जमायाको हो । आधा षुडा आधा पथरकला बनायाको हो ।’ (दिव्योपदेश तृतीय सस्करण संं.ऐ.शि.बाबुराम आचार्य योगी नरहरिनाथ पृ.५९) । तर, उनको मुग्लाना हुनबाट बचाउन गरेको यो प्रयत्न भने बेकार गएको छ । आजको समयमा प्रत्यक्ष शासनभन्दा परोक्ष शासन नै हुन्छ ।
त्यस बेलाका मुग्लाना अहिलेका शक्ति राष्ट्रहरू हुन् । नेपाली जनताले प्रष्ट देखे भोगेको कुरा के हो भने हालका केही वर्षदेखि नेपालको शासन सञ्चालनमा प्रत्यक्ष देखिने गरेर मुग्लानाको हस्तक्षेप सुरु भएको छ । दिव्योपदेशमा पृथ्वीनारायण शाहले संकेत गरेको मुग्लानाको दोष नेपाल र नेपालीले कहिलेसम्म भोग्नुपर्ने हो त्यो भने अहिलेसम्म अन्यौलमै छ ।
युवाहरूको बाली लगाउने नेपाल, गोडमेल गर्ने नेपाल, बाली टिप्ने नेपाल तर दाइँ हाल्ने भने विदेश भएर आज लाखौं नेपाली युवा विदेशमा चाकरी गर्न बाध्य पारिएका छन् । मुलुकको भलो गर्ने जिम्मवारी भएको पदमा आसिनहरू अझ आफ्ना युवा जनतालाई कोलमा उखु पेलेजस्तो पेल्न विदेश पठाउने दलाल भएका छन् । यो सबै नेपाललाई लागेको मुग्लानाको दोष हो भनेर बस्ने हो बा अर्को पृथ्वीनारायण शाहको आव्हान गर्ने हो ता कि फेरि मुग्लानाको दोष मेट्न कम्पनी जमाए जस्तै अरू केही प्रयत्न पनि होस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच