आगलागीमा जलेर १३ बर्षीया बालिकाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकास्थित एक घरमा आगलागी हुँदा १४ बर्षीया बालिकाको मृत्यु भएको छ ।

लोकबहादुर भण्डारीको घरमा सोमबार राति साढे १० बजे आगलागी हुदाँ उहाँकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ भने घरमुली लोकबहादुर घाइते हुनुभएको छ ।

आगलागी भएको घरमा भण्डारीका सासु, श्रीमती, छोरीलगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लोकबहादुरको खुट्टा पोलेको छ भने अन्य परिवार सहकुशल रहेका छन । ढुंगा र काठले बनेको तीनतलाको घर टिनको छानोले छाइएको थियो । प्रहरीका अनुसार आगो दोस्रो तलाबाट लागेको अनुमान गरिएको छ । मृतक बालिका तेस्रो तलामा सुतेका कारण उहाँलाई बाहिर निकाल्न नसिकएको हो ।

प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गरिरहेको छ भने पुरै घर जलेर नष्ट भएको छ । क्षतिको थप बिवरण आउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?