नामकरणका लागि प्रदेश १ सभा बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। प्रदेशको नामकरण गर्नका लागी प्रदेश १ को प्रदेश सभा बैठक बसिरहेको छ।

उक्त बैठक मा नेकपा (एमाले) ले कोशी नाम प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जसपाले लिम्बुवान किराँत सगरमाथा नाम राख्न भन्दै अर्को प्रस्ताव दर्ता गराएको छ।

यसअघि एमालेको प्रस्तावमा समर्थन गरेको कांग्रेसले प्रस्ताव दर्ता भएको केही समयपछि समर्थन फिर्ता लिएको निवेदन दिएको छ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?