झापाबाट विभिन्न हतियारसहित चार भारतीय नागरिक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

झापा ।  मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना भारतीय नागरिकलाई फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड  र छर्रा गोली ५० राउण्डसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?