सडक नै नभएको गाउँपालिकामा पाँच लाखको इन्धन खर्च

Read Time = 2 mins

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सगरमाथाको काखमा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामै सवारी मर्मत तथा इन्धनमा पाँच लाख रकम खर्च गरेको छ । पालिका केन्द्रलाई नै सडक सञ्जालले छुन नसकेको उक्त गाउँपालिकाले सवारी मर्मत तथा इन्धन खर्च शीर्षकमा छ महिनामै करिब पाँच लाख खर्च गरेको हो । ५ वडा रहेको पालिकाको वडा १ बाहेक अन्य वडामा हालसम्म सडक सञ्जाल पुग्न सकेको छैन । तर, पालिकाका जनप्रतिनिधिले इन्धनबापत ठूलो रकम खर्च गरेको पाइएको हो ।

पालिकाले बजेटमा नै एक वर्षको इन्धनका लागि पाँच लाख विनियोजन गरेको भए पनि छ महिनामै सबै रकम खर्च भएपछि थप गर्नुपर्ने अवस्था देखिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चौलागाईंले बताउनुभयो । चौलागाईंका अनुसार पालिकाको एउटा ल्याण्ड क्रुजर गाडी काठमाडौंमा सञ्चालन भइरहेकाले खर्च भएको हो । तर, पालिकाको आफ्नै गाडी भएकोबारे अन्य जनप्रतिनिधिलाई भने जानकारी छैन ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा १ स्थित थामडाँडासम्म मात्रै सडक ट्र्याक खुलेको छ । हाल ट्र्याक खोल्ने कार्य भइरहेकाले पालिका केन्द्रसम्म सडक पुग्न समय लाग्ने गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?