नेकपाले फागुन ५ र १५ गते चर्को ब्याजदर र चर्को महंगीविरुद्ध देशव्यापी बिरोध प्रदर्शन गर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो । पत्रकार सम्मेलनमा पार्टीको केन्द्रिय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीका बिरुद्धमा देशव्यापी बिरोध गर्ने बताउनु भयो ।

उहाँले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताउनु भयो । उहाँले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको बताउनु भयो ।

उहाँले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने, पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको छ । विश्वमा हाबी रहेको भूमण्डलीकृत पुँजीवादका कारण मानव जातिले दोस्रो विश्वयुद्ध पछि सबैभन्दा खराब अवस्था भोग्नु परिरहेको छ । बैकठले पार्टी संगठनमा निर्णय लिँदै जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरी जनताको सुद दुःखमा पार्टी पुग्ने योजना अघि सारेको छ । पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको छ । एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने । जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ । फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महंगीका बिरुद्ध देशव्यापी बिरोध प्रदर्शन गर्नेछ । ३ बुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरु मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेडहरु विभिन्न जेलहरुमा हुनुहुन्छ । राज्यले सहमति गरेअनुसार अविलम्व बन्दी कमरेडहरु मुक्त गर्नुपर्छ । साथै मुद्दाहरु खारेज गरिनुपर्छ ।’

प्रवक्ता विश्वकर्माले जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने बताउनु भयो ।
उहाँले सरकारसँग पार्टीले गरेको ३ बुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरु रिहा हुनुपर्ने माग गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?