काठमाडौं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा लिड्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य भएको छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेड अंक बाडन बाध्य मात्रै भएन, हाफ टाइम पछि गरेको कडा मेहनतका कारण हारबाट जोगिन पनि सफल भयो । युनाइटेटका लागि मार्कस र्यासफर्ड र जेडोन सान्चोले गोल गरेर युनाईटेडलाई हारवाट जोगाएर बराबरी अंक बाडने मौका दिए ।
खेल सुरू भएको पहिलो मिनेटमै विलफ्रिड यन्तोले गोल गर्दै लिड्सलाई सुरूआती अग्रता दिलाए भने ४९ औं मिनेटमा लिड्सले आत्मघाती गोलमार्फत अग्रता दोब्बर बनाउँदा युनाईटेड २–१ ले पछि पर्न गयो । युनाइटेडका रफायल भरानेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए।
६२ औं मिनेटमा मार्कस र्यासफर्डले र ७० मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाउन सफल भए ।
१६ औं स्थानमा उक्लिएको लिड्सको २१ खेलबाट १९ अंक छ। २२ खेलबाट ४३ अंक जोड्दै युनाइटेड तेस्रो स्थानमा छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच