सुरक्षित कर्णाली प्रदेश बिशेष अभियान सञ्चालन गर्ने डीआईजी ढकालको प्रतिबद्धता

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । सुरक्षित कर्णाली प्रदेश बिशेष अभियान सञ्चालन गर्ने कर्णाली प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) भिम प्रसाद ढकालले प्रतिबद्धता जनाउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा भएको अमर प्रहरी सहीद स्मारक उद्धघाटनको क्रममा बुधबार कालीकोट पुग्नु भएका प्रहरी नायव महानिरीक्षक ढकालले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

कर्णाली प्रदेशमा भर्खरै सरुवा भई आउनुभएका प्रहरी नायव महानिरीक्षक ढकालले एक हप्ता नबित्दै कालीकोटमा गन्तब्य बनाउनु चासोँको बिषयमा हेरीएको छ । कालीकोट जिल्लामा पुग्नु भएका ढकालले कर्णाली राजमार्गमा यात्रुले भोग्नु परेको दुख, सडक र चालकको लापरबाहीका कारण हुँने दुर्घटनाले आफुलाई गम्भिर बनाएको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक ढकालले सामाजिक विकृती विसंगतिलगायतका अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी संगठनले दुरदराजको कुनै महसुश नगरी काम गरेको प्रति प्रशंसा ब्यक्त गर्नुभयो ।

जिल्लामा रहेका प्रत्येक युनिटको अबस्था दयनिय रहेको भन्ने खवरले आफुलाई पिरोलेको स्मरण गर्दै आफ्नो कार्यकाल सम्म प्रहरी भवन निमार्णको कार्यमा तिव्रता दिन सम्बन्धित पक्षलाई आग्रह गर्ने समेत बताउनुभयो । राजमार्गको यात्राका क्रममा एस मोडमा भएको दुर्घटनाले सडक डिभिजन कार्यालयको ध्यान नपुगेको आफुलाई महशुस भएकाले तत्काल पहल गर्ने बताउनु भएको हो ।

साथै, प्रहरी महानिरीक्षक ढकालले जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल र माताहतका प्रहरीको खुलेरै प्रशंसा गर्नुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले प्रहरीले गरेको राम्रो कामको प्रशंसा गर्दै, जिल्ला प्रहरी कार्यालय कालीकोटमा सभाहल नहुँनु, बजारका सिसिक्यामराहरु बिग्रिनु, हरेक प्रहरी युनिटहरु कतै भाडामा त कतै चुहिने भवनमा बसिरहेको कुराले आफुलाई चित्त दुखेकाले आफ्नो तर्फबाट सम्बन्धित निकायमा समयमै सिफारिस गर्न कुनै आनाकानि नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी माझीले आफु आएको दिनदेखि कर्णाली राजमार्गमा हुँने दुर्घटनालाई कम गर्न तथा सवारी चालकहरुको लाइसेन्स र सवारीहरुको अबस्था बुझेर मात्र सञ्चालन गर्न निर्देशन गरिसकेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमनबहादुर शाहीले सम्पुर्ण राजनितिक दलहरुको तर्फबाट स्वागत गर्दै जिल्लामा भएको अभावका बिषयमा जानकारी गराउनु भएको थियो । साथै प्रहरी संगठनले शान्ति अमन चयनमा महत्वपूर्ण भूमिका खेल्दै बालविवाह, घरेलु हिंसा, मदिरा नियन्त्रण, धुमपान तथा सुर्तिजन्य पदार्थ उपभोगको नियन्त्रणका लागि प्रहरीले अतुलनिय योगदान गरेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले नेतृत्व गरेको जिल्लाको प्रहरी संगठनले गरेको कामको खुलेर प्रशंसा गर्नुभयो । अध्यक्ष बिष्टले प्रहरीले दिएको मुस्कानसहितको सेवा प्रभावकारी भएकाले नागरिकका जनजीविकाका सवालहरुलाई सम्वोधन गर्न राज्यको उपस्थिति देखाउने गरेको बताउनुभयो । साथै नेपाल प्रहरीले कालीकोट जिल्ला भौगोलिक रुपमा बिकट भए पनि अपराध नियन्त्रणका लागि आफ्नो ज्यानको कुनै प्रवाह नगरी रातदिन नभनि खट्ने गरेकोले सुविधा सम्पन्न ठाउमा रहेका प्रहरी र दुरदराजमा रहेका प्रहरीहरुको मूल्यांकन कर्णाली प्रदेश प्रहरी प्रमुख तथा मातहतको निकायले अबस्था र पीडाको उचित मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले कालीकोटको खाँडाचक्र नगरपालिका-६ की निरु बिकको हत्यारा पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेपनि यसलाई प्रभावकारी रुपमा लैजानु पर्ने स्मरण गराउनु भयो । यसैगरी कार्यक्रम समापन गर्दै प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालको आगमनले प्रहरी संगठनलाई थप हौशला प्रदान गरेको स्मरण गर्नुभयो । रिमालले जिल्लाको समसामहिक बिषयबस्तुका बिषयमा जानकारी गराउँदै प्रहरी युनिट जिल्लामा खटिरहेको बताउनुभयो ।
अमर प्रहरी स्मारक उद्धघाटन कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि जिल्लामा उपस्थित विभिन्न सञ्चार माध्यमका पत्रकारलगायतको उपस्थित रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?