अमेरिका भन्छ- चिनियाँ जासुसी बेलुनबाट महत्वपूर्ण सूचना संकलन भयो

हिमालय टाइम्स
Read Time = 1 min

वासिङटन । अमेरिकाले चिनियाँ जासुसी बेलुनबाट महत्वपूर्ण सूचनाहरू संकलन गरेको दावी गरेको छ ।

अमेरिकाले एउटा संदिग्ध भनिएको सोही बेलुन चीनले अनावश्यक जासुसीका लागि पठाएको भन्दै खसालेको थियो ।

सोही बेलुनमार्फत विभिन्न महत्वपूर्ण सूचनाहरू संकलन गरेको अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले दावी गरेका छन् ।

अमेरिकी सांसदहरुले उक्त बेलुनमार्फत आफ्नो मुलुकमाथि गैरकानूनी रुपमा जासुसी गरेको भन्दै चीनको आलोचना गरेका छन् ।

सांसदहरुले बेलुन प्रकरणसँगै चीनसँगको कुटनीतिक सम्बन्धमा आँच आउन सक्ने चेतावनी पनि दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?