भ्रष्टाचारका घटना निर्लज्जताको पराकाष्ठा

Read Time = 13 mins

आजभोलि देशको घिनलाग्दो राजनीति बारे नबोलौं नलेखौंभन्दा पनि बोल्न र लेख्न बाध्य गराएको छ । मुलुकको राजनीतिका मुख्य शक्तिहरू (दलहरू)ले राजनीतिको मूललाई यसरी धमिल्याए कि मानौं अब संलिने सम्भावना नै छैन । यी प्रमुख दलहरूको विगतलाई हेर्दा यति बिध्न छरपष्ट हुनेगरी गनाउला जस्तो लागेको थिएन । दुर्भाग्य हिजो त्यत्रो ठूलो त्याग, सघर्ष, तपस्या र बलिदानिपूर्ण योगदानबाट खारिएर आएका पार्टी र तिनका नेताहरू निरीह र लाचार देख्दा अत्यन्तै दुखित तुल्याएको छ । राजनीति वस्तुतः विशुद्व समाजसेवा थियो र छ पनि तर दलहरू आपसी मिलोमतोमा कमाइ खाने ध्याउन्नमा लाग्दा सर्वत्र आलोचनाको तारो बन्न पुगेका छन् ।

झन् पछिल्ला भ्रष्टाचारका घटनाले त निर्लज्जताको पराकाष्ठा नै बनायो । राज्य संयन्त्रको दुरुपयोग गरेर मानव तस्करी (बेचबिखन)जस्तो जघन्य अपराधले विश्वका सामु कहिल्यै नझुकेको नेपालीको शिर झुकाइदिएको छ । यद्यपि अहिले उनीह सशंकित भएर अनुसन्धानको घेरामा छन् तर सर्वसाधारणले उनीहरू भ्रष्टाचारीमात्रै होइन देशद्रोहीको रूपमा हेरेका छन् । हुन त कानुनले उनीहरूलाई चोख्याउला तर नेपाली नागरिकको नजरमा दोषी नै ठहरिने पक्का छ । देश बनाउन होइन कांग्रेस कम्युनिष्टहरू त भ्रष्टाचारमा पो प्रतिस्पर्धा गरिरहेका रहेछन् ।

यो अमिट छाप आमनेपालीको मन र मष्तिकमा कहिल्यै नमेटिने गरी गडेर बस्नेछ । भ्रष्टाचारका अनेक काण्डहरू चाङ लागेर बसेका छन् । एकपछि अर्को फाइल खोल्दै जाँदा यहाँ कोही चोखो रहने छैनन् । यसको हिसाबकिताब नेपालीहरूले गरिरहेका छन् । रेशम चौधरीलाई आममाफी दिइएको सन्दर्भ पनि अत्यन्तै पेचिलो बनेको छ जुन व्यक्तिलाई तिनै तहका अदालतहरूले दोषी ठहर गरेको थियो । त्यस्तै नागरिकता विधेयक प्रमाणीकरण गरिनु त्यो पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्र्वसन्ध्यामा ।

अहिले जनतामा तीव्र असन्तुष्टि छ । अकल्पनीय निराशा र आक्रोश छ । त्यो असन्तुष्टि, निराशा र आक्रोशले सीमा नाघेर धैर्यको बाँघ फुटेपछि के हुन्छ भनिरहनु पर्दैन । भ्रष्टाचार र राष्ट्रियतामाथि उठेको आशंका मात्रै होइन, अर्थतन्त्रमा देखापरेको आर्थिक मन्दीले नागरिकका दैनिकी अत्यन्तै कष्टकर हुँदै गएका छन् ।

उल्लेखित पृष्ठभूमिमा समय छँदै सच्चिन नसके निकट भविष्यमै कांग्र्रेस कम्युनिष्टहरू पहिलो र दोस्रो जन-आन्दोलनबाट बढारिएका बंश परम्परावादी र पुरातनवादी जस्तै हुने निश्चित छ । हद नाघेपछि जनता सत्य हो सडकमा उर्लिए भने कुनै तागतले रोक्न शक्तैन । भ्रष्टाचार र राष्ट्रियता जस्तो गम्भीर विषय उठान गरेर रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले दिन एक गुणा रात दुई गुणा संगठन विस्तार गरेको छ ।

यही क्रम यथावत् रहेमा कांग्रेस-कम्युनिष्टहरू पात नभएको रूखजस्तै सिख्रै हुने धेरै मानिसको अनुमान छ । हुन पनि हो, अहिले त्यस्तै दृश्य मुखरित भएर आएका छन् । यो विश्लेषण धेरै हदसम्म यथार्थताको नजिक भएको मानिन्छ । यहाँ चिन्ता कांग्रेस कम्युनिष्ट सकिएभन्दा पनि धेरै नेपालीको त्याग र संघर्षबाट स्थापित नेपालको संविधान २०७२ उल्टिने खतरा टड्कारो रूपमा देखिएको छ । यदि त्यसो भयो भने सानो ठूलो सबै खाले नेताहरू जेलको चिसो छिँडीमा दिन गन्दै बस्न बाध्य हुनेछन् । यसर्थ सबै दलभित्र यस्ता सम्भावित दुर्घटना नहून् भनी सचेत हुन र गराउन जरुरी भइसकेको छ । अब कांग्र्रेस कम्युनिस्टहरू आज आज भोलि भोलि होइन तुरुन्तै परिस्थितिको आकलन गरेर एक्सनमा उत्रनुको अर्को कुनै विकल्प छैन ।

अहिले जनतामा तिब्र असन्तुष्टि छ । अकल्पनीय निराशा र आक्रोश छ । त्यो असन्तुष्टि, निराशा र आक्रोशले सीमा नाघेर धैर्यको बाँघ फुटेपछि के हुन्छ भनिरहनु परोइन । यहाँ भ्रष्टाचार र राष्ट्रियतामाथि उठेको आशंका मात्रै होइन, देशको अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दीले नागरिकका दैनिकी अत्यन्तै कष्टकर हुँदै गएका छन् । बजार भाउ कतिपय दैनिक उपभोग्य वस्तु आकाशिएको छ । बजार अनुगमन नहँुदा मूल्यवृद्धि अनियन्त्रित रूपले बढेको छ । एकथरी नेपालीलाई महँगीले पिरोलिरहेकोे छ ।

यत्रतत्र सर्वत्र चरम असन्तुष्टिको लाभ लिँदै नवोदित राजनीतिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो संगठन सुदृढीकरणतर्फ आफ्ना सबै शक्तिको उपयोग गरिरहेको छ । जुन शक्ति अप्रत्याशित रूपमा उदाएको छ अब चानचुने ढंगले उसको संगठन विस्तारलाई गतिरोध गर्न प्रायः असम्भव जस्तै देखिन्छ । यद्यपि नेपालको संविधान २०७२ उल्ट्याउन सक्ने खतरा रास्वपाबाट नहोला किनकि त्यहाँ धेरैजसो युवा छन् जो लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्र जे भने पनि त्यसको महत्व उनीहरूले राम्रैसँग बुझेका छन् । तर, यहाँ सर्वसत्तावादको अभिष्ट राखेका शक्तिहरू सर्वाधिक खतरनाक देखिँदै छन्, त्यतातिर ध्यान दिन जरुरी छ ।

यी सबैका पछाडि एउटै कुरा पेचिलो भएर आएको छ त्यो हो राष्ट्रियता र भ्रष्टाचारको सन्दर्भ । यसैलाई केन्द्रमा राखेर दलहरू सत्ता र प्रतिपक्ष नभनी पूर्णएकताका साथ जनतालाई विश्वासमा लिनु आवश्यक छ अन्यथा यिनीहरूबाट अपेक्षा राख्नु व्यर्थ हो । अब रहृयो सत्ताच्युत राजा ज्ञानेन्द्र शाहको अस्वाभाविक हलचल भइरहेको छ । यसैमा केन्द्रित भएर केही विश्लेषण गरौं कि त्यस्ता हर्कतबाट संघीयता, गणतन्त्र र धर्म निरिपेक्षतामाथि खतरा छ कि छैन । तराईका केही प्रदेश वा क्षेत्रमा सार्वजनिक कार्यक्रम गरेका छन् गद्दीच्युत राजा ज्ञानेन्द्र । उनीको पुनः राजा हुने चेष्टा प्रतिक्रान्तिको प्रारम्भिक कदमको रूपमा बुझ्नुपर्ने हुन्छ ।

क्रान्तिपछि प्रतिक्रान्तिका प्रयास निरन्तर भइरहन्छन् । फरक यत्ति हो त्यसको स्वरूप एउटै हुँदैन । कहिले परोक्ष त कहिले अपरोक्ष कदमहरू जारी नै रहन्छन् । धेरै पुराना क्रान्ति र प्रतिक्रान्तिलाई छोडेर पहिलो र दोस्रो जनआन्दोलनपछि यसपटक प्रतिक्रान्तिको उपयुक्त समय ठानेर होला ज्ञानेन्द्र शाह खुलेरै दलहरूमाथि शिष्ट र सभ्य तरिकाले प्रस्तुत हुदै आफ्नो अनुकूल वातावरण निर्माणमा लागेका छन् । उनको राजतन्त्रको पुनस्र्थापनाको चेष्टा भनेको गणतन्त्रको अन्त्य हो । गणतन्त्रको अन्त्य हुनु भनेको वर्तमान संविधान २०७२ को औचित्य नरहनु हो । यदि त्यसो भयो भने प्रतिक्रान्ति सफल भएको ठहरिन्छ ।

पहिलो जनआन्दोलनपछि पनि संविधान लेखन गर्दै गर्दा तत्कालीन राजा वीरेन्द्रले आफ्नोस्थान खोजी गर्न सेनाको एउटा जर्नेल समूह प्रयोग गरेका थिए तर त्यो प्रयास त्यसबेलाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बुद्विमत्तापूर्ण तरिकाले असफल बनाएका थिए ।

आज यिनै प्रतिक्रान्तिले नेपालको संविधान २०७२ लाई चक्रब्युहमा पर्न खोजेको कटु सत्य हो । पहिलो जनआन्दोलनपछि पनि संविधान लेखन गर्दै गर्दा तत्कालीन राजा वीरेन्द्रले आफ्नो स्थान खोजी गर्न सेनाको एउटा जर्नेल समूह प्रयोग गरेका थिए तर त्यो प्रयास त्यस बेलाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बुद्विमत्तापूर्ण तरिकाले असफल बनाएका थिए । दरबार हत्या काण्डपूर्वसम्म पनि त्यो प्रयत्न जारी थियो । त्यही बीचमा राजा वीरेन्द्रको बंशनास नै भयो । पछि पनि आफू गद्दी आरोहणको २/३ वर्षमै ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गर्दै सम्पूर्ण राज्यशक्ति आफ्नै हातमा लिएको ताजा स्मरण छँदैछ ।

माओवादीको रहस्यमय उपस्थितिले संसदीय दलहरू क्रमशः कमजोरी हुँदै गएका थिए भने माओवादीको दरबारसँग हिमचिम बढेको चर्चा पनि नसुनिएको होइन । माओवादीलाई देखाएर सत्ता पुनः हत्याउने चेष्टा पनि भएकै थिए तर ती सबै तिकडम असफल भए र अन्त्यमा दलहरूको आपसी सहमतिमा राजतन्त्रको अन्त्य हुन पुग्यो । अहिले उपयुक्त समयको आकलन गरी पुनः श्रीपेच लगाउने दाउमा खुलेरै लागेका छन् गद्दीच्युत राजा ज्ञानेन्द्र । उनको ठाउँबाट हेर्दा ठीक होला तर आमरूपमा यसलाई राम्रो मानिएको छैन । पूर्वपञ्चहरूको बाहुल्य रहेको र केही अवसरवादीको झुण्ड अर्थात् राजनीतिक पार्टी राप्रपा प्रतिक्रान्तिमा अग्रसर छ ।

त्यस अग्रसरताले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने जमर्को गरिरहेका छन् । त्यस जमर्कोमा दलहरू भ्रष्टाचारको दलदलमा नराम्रो जाक्किदा प्रतिक्रान्तिलाई जानीनजानी बल पुगेको छ । यसर्थ प्रतिक्रान्तिको चक्रब्युहबाट जोगिनको दलहरूले जनताबीच आफ्नो विश्वास जगाउन आवश्यक छ । त्यो एउटा उपयुक्त विकल्प हो दलहरूका निम्ति । अन्यथा नेपाली जनताको नजरबाट गिर्नबाट कसैले रोक्न सक्दैन र देश पुनः निरंकुश तानाशाहको जाँतोमा पिसिनुपर्ने नियतिमा पुग्नसक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?