थप हतियाका निम्ति युक्रेनी राष्ट्रपतिको अनुरोध

हिमालय टाइम्स
Read Time = 2 mins

ब्रसेल्स । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नुभएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई युद्ध जित्नका लागि लामो समयसम्म अथक सहयोग गर्न संघका नेताहरूले सहमति जनाएका बताउनुभएको छ ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो ।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले पनि युक्रेनलाई सघाउने बाचा गर्नुभएको छ । आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले नयाँ १० अर्ब युरो प्रतिबन्ध प्याकेजले रूसलाई आवश्यक पर्ने सैन्य सामानहरूबाट वञ्चित गर्ने बताउनुभएको छ ।

यसअघि जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड-१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड-१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?