वैकल्पिक राजनीति आवश्यक : डा भट्टराई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताउनुभएको छ । उहाँले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन–२०७९ मा सम्बोधन गर्दै डा भट्टराईले सीमित जाति र परिवारले मात्र शासन जबसम्म गर्छन् भने त्यतिबेलासम्म देश विकास पनि नहुने तर्क गर्नुभयो । “जनताले न्याय पनि पाउँदैनन् । सबैका निम्ति लोकतन्त्र चाहिन्छ, अवश्यक छ ।” उहाँले भन्नुभयो, “जब १८७७ मा लखन थापाहरूले विद्रोह गरेर जब उनी शहीद बने । सन् १८७७ देखि २०१५ सम्म नेपाली जनताले आफ्नो संविधान आफैँ बनाए त्यसलाई म एउटा विन्दु मान्दछु । नेपाली जनताले लोकतन्त्रका निम्ति लडेको लडाइँ हो त्यो । नेपाली जनताले लोकतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई स्थापित गर्ने काम नेपालमा जब गरेको थियो, दोस्रो चरण त्यसलाई मानिन्छ ।”

डा भट्टराईले जनतालाई अधिकार सम्पन्न बनाएपछि जनताको सहभागिता राज्यमा र राज्यका साधनस्रोतमाथि भएपछि मात्रै विकास हुन्छ भन्ने मान्यताअनुसार हामी अहिले तेस्रो चरणमा रहेको बतउनुभयो । उहाँले त्यसकारण नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिकार्ने होइन, पुराना पुस्ताबाट सिक्नुपर्ने बताउनुभयो ।

उहाँले संस्थागत र मजबुद बनाउने सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्नुपर्ने बताउनुभयो । डा भट्टराईले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने प्र्रणाली लागू गर्न सबै लागिपर्न आवश्यक रहेको बताउनुभयो ।

नेकपा ९एकीकृत समाजवादी० पार्टी सचिवालय सदस्य घनश्याम भुसालले राजनीतिमा कुनै नेता र पार्टी बदनाम भएमा अर्थतन्त्र त्यहा आइपुग्ने खालका समस्याले दुःख दिएको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र उद्यम नभएका पूँजीपतिहरूले नेतृत्व गरेका कारण आफू अनुकूलको चाहँदा देश गलत बाटोमा जाने भन्दै राजनीति र अर्थतन्त्र एक ठाउँमा आएपछि नेपालको जस्तो लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभयो ।

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशलाई माया गर्ने पाँच प्रतिशत जनता एक ठाउँमा बसेर नयाँ ढङ्गबाट देशलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले आफू राजनीतिभन्दा पनि समाजसेवा गर्न अघि बढेको भन्दै मौका नपाएर इमान्दार बन्नेहरुको ख्याल गर्दै समय र युवा पुस्ताअनुसार हामी परिवर्तन हुनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?