राष्ट्रिय परिचयपत्रका लागि भोजपुर र संखुवासभामा गरी एक लाख बहत्तर हजार बढीको बिवरण संकलन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुर र संखुवासभामा राष्ट्रिय परिचयपत्रका लागि एक लाख बहत्तर हजार बढीको बिवरण संकलन गरिएको छ । भोजपुर र संखुवासभामा गरी एक लाख ७२ हजार छ सय ४७ जनाको परिचयपत्रका लागि बिवरण संकलन गरिएको छ ।
वडास्तरमा बिगतमा बिवरण संकलन गरिएको भएपनि अहिले जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि बिवरण संकलनको कार्य भई रहेको छ । भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिकाका ८१ वटा वडाहरु छन । वडास्तरमा अभियानकारुपमा संचालन गरिएको कार्यक्रमा गएर ७१ हजार एक सय ९३ जनाले परिचयपत्रका लागि बिवरण संकलन गराएको जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र पञ्जिकरण शाखाका अपरेटर किरण नेपालीले जानकारी दिनुभयो । यसैगरी जिल्ला प्रशासन कार्यालयमा आएर अहिलेसम्म १४ हजार चार सय ९४ जनाले राष्ट्रिय परिचयपत्रका लागि बिवरण संकलन गराएका छन । सो सहित भोजपुरमा राष्ट्रिय परिचयपत्रका लागि ८५ हजार छ सय ८७ जनाको बिवरण संकलन भई सकेको छ ।

भोजपुरमा २०७७ साल श्रावणबाट राष्ट्रिय परिचयपत्रका लागि बिवरण संकलन गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र पञ्जिकरण शाखाले जनाएको छ । पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको संख्यामा वृद्धि भएसँगै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको कार्य पनि भई रहेको छ । विवरण संकलनका लागि व्यक्तिको नाम, थर, जन्ममिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दश औँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालय भोजपुर राष्ट्रिय परिचयपत्र पञ्जिकरण शाखाका अपरेटर नेपालीले बताउनुभयो ।

कम्युटरबाट प्रमाणिकरण गरी राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ । नागरिकले सहजरुपमा सेवा पाउन भन्ने उद्धेश्यले वडा स्तरमै बिगतमा परिचयपत्रको बिवरण संकलन कार्य गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएकोे छ । राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा बसाईसराइको प्रमाणपत्र चाहिने प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता बताउन आउँदा राष्ट्रिय परिचयपत्रका लागि बिवरण पनिसँगै संकलन गराउँदै आईएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

यता संखुवासभामा राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारभन्दा बढीको विवरण संकलन भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि संखुवासभामा ८६ हजार ९६० जनाको विवरण संकलन भइसकेको राष्ट्रिय परिचयपत्र वितरण शाखाका प्रमुख आशा जबेगुले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विवरण संकलन भइरहेको छ । संखुवासभामा राष्ट्रिय परिचयपत्रका लागि २०७६ साल साउन ३ गतेदेखि विवरण संकलन थालिएको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटा स्थानीय तहमा पुगेर बिवरण संकलन गरिएको थियो । पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएसँगै संखुवासभामा पनि राष्ट्रिय परिचयपत्र विवरण संकलनको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?