महिला टोलीको सहायक प्रशिक्षकमा पारस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पारस चौधरी नेपाली राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पारसलाई महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले चौधरीलाई महिला टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा हुनुहुन्छ । एन्फाका महसचिव किरण राईले चौधरीलाई नियुक्तिपत्र प्रदान गर्नुभयो । नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुवरी १३ देखि २५ को बीचमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?