मकवानपुर गोल्डकपमा १२ टोली

हिमालय टाइम्स
Read Time = 2 mins

मकवानपुर । यसै महिना सुरु हुने पाँचौं संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनमा माघ २८ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा गत वर्ष जस्तै यसपटक पनि १२ वटा क्लबको सहभागिता रहने जानकारी दिएको छ ।

हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य समेत रहेका आयोजक संघका अध्यक्ष टीकाराम लामाले विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्रदान गर्ने बताउनुभयो । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?