विवेकशीलको महाधिवेसन आज सम्पन हुने

तस्बिरः रासस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेसन काठमाडौंमा आज सम्पन हुँदैछ ।

लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको शुक्रबारबाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गर्नुभएको छ । तीनै जनाले भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरुसमेत गरिसकेका छन् ।

नेता मिलन पाण्डेका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?