विश्वासको मत लिन ३० दिन समय नलाग्ने नवनियुक्त मुख्यमन्त्री शाहको दावी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी। सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल शाहले विश्वास मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने बताउनुभएको छ ।

शुक्रबार पदभार ग्रहण गरेपछि उहाँले पत्रकारसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । उहाँले विश्वासको मत लिन आफूलाई ३० दिन समय नलाग्ने पनि बताउनुभयो । शुक्रबार पदभार ग्रहण गरेपछि उहाँले पत्रकारसँगको कुराकानीमा ३० दिन भन्दा अघि नै विश्वासको मत पाउने र त्यसपछि सरकार विस्तार गर्ने दाबी गर्नुभयो ।

‘अबको केही दिनमै विश्वास मत लिन्छौँ र त्यसपछि मात्रै मन्त्रिमण्डललाई थप विस्तार गर्नेछौँ, हामीलाई विश्वासको मत लिन कुनै सकस हुने छैन,’ उहाँले भन्नुभयो ।

उहाँले विश्वास मतका लागि माओवादी र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने पनि बताउनुभयो । सुदूरपश्चिममा कांग्रेसका १९ सांसद छन् । कांग्रेससँगै रहेको नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ ।

संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका मुख्यमन्त्री शाहले उपधारा ४ अनुसार ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?