टर्की-सिरिया भूकम्पः मृतकको संख्या २४ हजार नाघ्यो

आठ लाख ७० हजार मानिसलाई खाद्यान्नको आवश्यकता

Read Time = 1 min

इस्तानबुल । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या २४ हजार नाघेको छ । उद्धारकर्ताहरू चौबीसै घण्टा उद्धारमा खटिरहेका छन् । टर्कीमा मृतकको संख्या २० हजार ६६५ पुगेको छ । ९३ हजार भूकम्पपीडितलाई देशको दक्षिणी क्षेत्रमा सारिएको सरकारले बताएको छ । उद्धारमा एक लाख ६६ हजार मानिस परिचालन गरिएको जनाइएको छ ।

सिरियामा तीन हजार ५ सयभन्दा बढीको ज्यान गएको जनाइएको छ । दुवै देशमा गरी तत्काल आठ लाख ७० हजार मानिसलाई खाद्यान्नको आवश्यकता रहेको बताइएको छ । सिरियामा मात्र ५३ लाख मानिस घरबारविहीन हुनसक्ने राष्ट्रसंघले बताएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?