एमएडब्लुले सेरेसका विद्युतीय गाडी बेच्ने

Read Time = 2 mins

काठमाडौं । नेपालको एमएडब्लु समूह र चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी सेरेस समूहबीच सेरेसका अत्याधुनिक इलेक्ट्रिक गाडी नेपाली बजारमा ल्याउन रणनीतिक साझेदारी भएको छ । २०२३ को तेस्रो त्रैमासिकदेखि सेरेसले एमएडब्लुको डिलरसिपको विस्तृत नेटवर्कमार्फत् नेपालमा इभी सभ, इभी सेडन्स र मिनी इभी लन्च गर्नेछ । कम्पनीका अनुसार सेरेस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो कम्पनीहरूको पहिलो ब्याच हो । सेरेस समूह चीनको पहिलो कम्पनी हो, जसले पूर्णरूपमा बौद्धिक नेटवर्क जडान प्रणाली र इञ्जिनियरिङ निर्माणलाई एकीकृत गर्ने गरेको छ ।

एमएडब्लु समूहका अध्यक्ष विष्णुकुमार अग्रवालले भन्नुभयो, ‘सेरेस समूहसँग मिलेर तिनीहरूको अत्याधुनिक इभी नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौँ, एमएडब्लुमा हामी हाम्रा ग्राहकलाई नवीनतम र सबैभन्दा नवीन अटोमोटिभ उत्पादन प्रदान गर्न समर्पित छौँ । सेरेस इभी यस मिसनका लागि उपयुक्त छन् ।’ सेरेस समूहका विदेशी आयात तथा निर्यात कर्पोरेसनका उपमहाप्रबन्धक झाउ लिगाङले भन्नुभयो, ‘सेरेस विश्वव्यापीस्तरमा जोडिएका सबै कुराका साथ अटोमोटिभ इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ र हामी हाम्रा इभीहरू नेपाली बजारमा ल्याउन एमएडब्लु समूहसँग साझेदारी गर्न पाउँदा खुसी छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?