गरीब र मध्यम वर्गले यो देश चलाएको छ : सभासद जैसवाल

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । गरीब र मध्यम वर्गले यो देश चलाएको मधेश प्रदेशका सभासद प्रमोद कुमार जैसवालले दावी गर्नु भएको छ ।

बाराको सदरमुकाम कलैया स्थित करणराज पार्टी प्यालेसमा मधेश प्रदेशको आयोजनामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि क्षमता विकास तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गरीब र मध्यम वर्गीय परिवारका युवाहरु विदेश गई त्यहाँबाट पठाउने रेमिटान्सको कारण देशको अर्थतन्त्र चलायमान रहेको बताउनुभयो ।

'मधेश प्रदेशका लाखौ युवाहरु विदेशिएका छन्', उहाँले भन्नुभयो,‘विदेशिनु उनीहरुको रहर होइन, बाध्यता हो । विशेष गरि युवाहरु शिक्षा प्राप्त गरी देशमा रोजगारी नपाएर विदेशिन बाध्य भएका छन् । युवाहरुसँग डिग्री भएपनि रोजगारको अभाव रहेको छ । देशमा रोजगार छैन, परिवार पाल्नै पर्‍यो, स्वदेशमा परिवार पाल्न अप्ठयारो भएकै कारण उनीहरु विदेशिन बाध्य भएका छन् । विशेष गरि गरीब र मध्यम वर्गीय परिवारका युवाहरु विदेशिएका छन् । उनीहरुसँग शिक्षा हुन्छ तर रोजगारीको अभाव छ भने अर्को तिर पैसाको अभावमा कतिपय युवाहरु राम्रो शिक्षा समेत नपाई विदेश गएर लेबरको काममा जाने गरेका छन् । शिक्षा र सीपको अभावमा कतिपय युवाहरु विदेशमा ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो ।’

यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मधेश प्रदेशका सचिव सुरेन्द्र पौडेलले देशमा रोजगारीको अवस्था नभएर युवाहरु विदेशिन बाध्य भएको बताउनुभयो । हाम्रो देश विदेशी रेमिटान्सले चलेको छ । विभिन्न खाले तालिम पाएका युवाहरु पैसा र रोजगारीको अभावमा विदेशिन बाध्य भएका छन् । तालिम हुँदा हुँदै पनि रोजगारी नपाएर परिवार धान्न धौ धौ हुने गरेको कारण ऋण सापटी गरेर उनीहरु विदेशिन बाध्य भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे - 'विदेश नजाने होइन विदेश जानुस तर शिप सिकेर मात्र गए राम्रो कमाई पनि हुने हुनाले शिक्षा र सीपले विदेशमा निकै ठूलो महत्व राख्दछ ।' सीप र शिक्षा भएको मानिसले विदेशमा राम्रो पैसा कमाउन सक्ने उहाँले बताउनुभयो ।

मधेश प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शाखा अधिकृत सरोज यादवले दिनुभएकाे थियाे भने कार्यक्रमको संचालन देवनारायण मण्डलले गर्नु भएको थियो । तालिमको सहजीकरण विजय ठाकुरले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?