सेब र गोल्डेन पिकको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सेब र गोल्डेन पिकले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन् । हात्तीगौंडास्थित आयोजक भद्रकालीको कोर्टमा सेबले ग्रिनल्याण्डलाई २९-२४ ले पराजित गर्‍यो । सेबका विकास डाँगीले १५ स्कोर गर्नुभयो । गोल्डेन पिकले एन्जल्स हार्टलाई ४६-३६ ले हरायो । गोल्डेन पिकका सुविन तामाङले ७ अंक जोड्नुभयो । स्कोलर्स होमले आयोजक भद्रकालीलाई २४-२० ले पन्छायो ।

जुनियर ब्वाइजमा गोल्डेन पिक र स्किब्सले सफलता प्राप्त गरे । गोल्डेन पिकले वसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १८-१४ ले पाखा लगायो । गोल्डेन पिकका अमन र पासाङले समान ६-६ स्कोर गर्नुभयो । एन्जल्स हार्टविरुद्धको खेलमा स्किब्स १२-१० ले विजयी भयो ।
यता, सांग्रिलाले सातौँ अर्किड कप जुनियर ब्वाइज फुटबलमा दोहोरो जित हात पारेको छ । सांग्रिलाले लाइसियमलाई ४-२ गोलले पराजित ग¥यो । सांग्रिलाका गम्भीर तामाङले हृयाट्रिक गर्नुभयो । लाइसियमका दिपेन थापा मगर र सन्जिल मगरले गोल फर्काउनुभयो । अर्को खेलमा सांग्रिलाले दर्शनालाई ७-० को फराकिलो गोलअन्तरले हरायो ।

त्यस्तै, मोनास्टिकले ग्लोबललाई २-०, सिसिएसले बेष्ट गु्रुप भिजनलाई १-० र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमीले विद्यावाणीलाई ७-० गोलले पाखा लगाए । आयोजक अर्किड स्कुल ‘बी’ ले गुहेश्वरीबाट वाकओभर पायो । प्रतियोगिताअन्तर्गत आइतबार पाँच खेल भए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?