‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रेम दिवस

Read Time = 11 mins

✍️ मानबहादुर विश्वकर्मा

फेब्रुअरी १४ अर्थात् फागुन २ गते प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमा छैन यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरू र आफूले प्रेम गरिनेहरू भएन् भने जिउनुमा कुनै सार्थकता हुँदैनथ्यो होला ।

प्रेम त हर जोकोहीसँग पनि हुन्छ । वास्तवमा प्रेम त परिवारसँग पनि हुन्छ, साथीहरूसँग पनि हुन्छ, आफ्ना प्रियजनसँग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ । प्रणय दिवसका रूपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाैं आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ । भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास सम्झनुपर्दा एकजना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीमार्फत गोप्य कुरा बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एकजना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लंघन गरेका थिए । एकजना सर्वसाधारणले आफ्नो आदेशको उल्लंघन गरेको कारण सम्राट्लाई सैहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबु्रवरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।

कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ । हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भए तापनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउँछौं ।

पछिल्लो समयमा युवायुवतीमा एक प्रकारको विकराल रूप देखा पर्न थालेको छ । जरबजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामग्री आदानप्रदान होटलहरू जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोजमोस्ती गर्नेजस्ता विकृति देखिन्छन् । कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ । हुँन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भए तापनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउँछौं । यसले गर्दा आधुनिकतासँगै युवायुवतीले संस्कृति जर्गेनाभन्दा विसंती भित्र्याएका छन् ।

आखिर माया गर्नेहरूका लागि सधैं प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृतिसँगै भित्रिएको यो दिवसले कैयौं युवापुस्ताको जीवन नारकीय बनाएको छ । उनीहरूमा एक अर्कोमा देखासिकीको प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देश नेपालमा पनि प्रवेश गरेसँगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भइरहेका छन् । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम-प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागिमात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।

पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डेमा पनि यसको प्रयोग हुँन थालिसकेको छ । सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ । कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ । प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डोहो¥याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्रेरणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात् माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ त कसैले भनेर देखाएर हुने चीज पनि होइन् । प्रेम त एक स्वतस्फूर्त रूपमा हुने चार्ज हो । प्रेम व्यक्तिको आत्मबाट आउने एक प्रकारको सकारात्मक भाव हो । जसले एक प्रकारको आत्मीयता जगाइदिन्छ ।

आखिर प्रेम दिवसलाई आधुनिक युवापुस्ताले आधुनिकताको नाममा अनेकौ विकृति फैलाएका छन् । युवायुवतीमा एक प्रकारको विकराल रूप देखा पर्न थालेको छ । जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने मँहगा विलासीका सामग्रीहरू आदानप्रदान होटलहरू जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृति देखिन्छन् । हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भए तापनि अहिलेका आधुनिक युवापुस्तामा विकृति फैलाएको पाउँछौं । यसले गर्दा आधुनिकतासँगै युवायुवतीले संस्कृति जर्गेनाभन्दा पनि विसंगती भित्र्याएका छन् । आखिर माया गर्नेहरूका लागि सधैं प्रेम दिवस नै हुन्छ । त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई सही तरिकाले मनाउनुपर्छ भद्घा प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । माया प्रदर्शन गरेर होइन् साथीको मन, व्यवहारबाट जित्नुपर्छ, विश्वासपूर्ण रूपमा आफनो भावना व्यक्त गर्नुपर्छ अरुको लहलहैमा लागेर होइन् सही तरिकाले मनाउनुपर्छ तबमात्र प्रेम दिवसको सार्थकता हुन्छ ।

तबमात्र प्रणय दिवस मनाउनुको सार्थकता हुन्छ । उमेरमा जोसँग भावना मिल्छ उसैसँग माया-पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफैं प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि भावनाहरू मिल्दै गएपछि थाहै नपाई प्रेम बस्ने कुरा हो । साँचो प्रेम आफैँ हुन्छ किनकि यो स्वाभाविक र भावनात्मक हुन्छ तर आजभोलि प्रेम फेसन हुन थालेको छ ।

तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्यांकन गर्न थालिएको छ जुन मानवताको घेराभन्दा बाहिरै हुन्छ । प्रेम भन्नु नै दुई आत्माको मिलन हो त्यही मिलनबाटै प्रेमको बीजांकुरण हुन्छ । प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो । प्रेम समुद्रभन्दा गहिरो छ, आकाशभन्दा विशाल अनि गगांभन्दा पवित्र छ । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । त्यसैले प्रणय दिवसलाई विकृति र विसंगतिको रूपमा होइन एकअर्काको मनोभावना बुझेरमात्रै प्रणय दिवस मनाउ सम्पूर्ण माया गर्ने प्रेमप्रेमिकालाई प्रणय दिवसको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?