सरकार र यातायात मजदुरबीच आज वार्ता हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आन्दोलनरत यातायात मजदुर र सरकारबीच आज वार्ता हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुरलाई वार्ताका लागि बिहान ८ बजे मन्त्रालय बोलाउनुभएको हो ।

ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए । सडक अवरुद्ध गरेका थिए ।

उनीहरूले प्रहरीका दुई भ्यानमा समेत आगजनी गरेका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काएका थिए । सडक डिभाइडर र चोकमा प्रहरी उभिने आइल्यान्डलगायत संरचनामा आगजनी गरेका थिए ।

गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका थिए ।

आक्रोशित यातायात मजदुरले सोमबार साँझ नयाँ बसपार्कमा सञ्चालित ल्होत्से मलमा समेत तोडफोड गरे । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो । झपडमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।

केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रदर्शनका कारण सर्वसाधारणले भने सास्ती व्यहोरेका थिए । उनीहरूले माग पूरा नभएसम्म आजदेखि काठमाडौं उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने चेतावनी दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?