आयोजक भद्रकाली विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक भद्रकालीले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ । हात्तीगौंडास्थित घरेलु कोर्टमा भद्रकालीले टिआइएलाई २१-१८ ले पराजित गर्‍यो । भद्रकालीका प्रनिक राईले नौ स्कोर गर्नुभयो ।

सिनियर ब्वाइजमै नेपाल मोडलले स्कोलर्स होमलाई २३-२२, भ्याली पब्लिकले एचएचसिएलाई ३९-२२ र नेसनल युनाइटेडले जुगललाई १२-१० ले हराए । नेपाल मोडलका सौरव चौधरीले ११, भ्याली पब्लिकका सुनिल पौडेलले १४ तथा नेसनल युनाइटेडका आयुश गुरुङ र सुयोग हमालले समान चार-चार अंक जोड्नुभयो ।

सिनियर गल्र्समा भ्याली पब्लिकले दोहोरो जित हात पार्‍यो । भ्याली पब्लिकले ग्रिनल्याण्डलाई २२-१६ तथा जुगललाई २२-१२ ले पाखा लगायो । जितमा ग्रिनल्याण्डविरुद्ध अनिता गुरुङले सात तथा जुगलविरुद्ध लोरिशा गौचनले पाँच अंकको योगदान गर्नुभयो ।

जुनियर ब्वाइजमा गोल्डेन पिकले ग्रिनल्याण्डलाई १९-९ तथा भ्याली पब्लिकले हिमालयन किङडमलाई १२-८ ले पन्छाए । गोल्डेन पिकका पासाङ छिरिङले ६ तथा हिमालयनका किङडमका विशाल परियारले आठ अंक बटुल्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?