सेयरमा उच्च गिरावट

Read Time = 2 mins

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार कारोबारमा आएका १३ मध्ये १२ समूहगत सूचक घटेसँँगै नेप्से १६.४० घटेर २१०५.४६ अंकमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २.७४ अंक, फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंकले घटेको छ । यस दिन सूचीकृत दुई सय ५५ कम्पनीका ४६ लाख ८५ हजार आठ सय नौ कित्ता सेयर एक अर्ब ७८ करोड ७० लाख १६ हजार तीन सय ७२ रुपैयाँमा कारोबार भएको छ । उत्पादन तथा प्रशोधनमूलक सूचकबाहेक सबै १२ वटै समूहगत सूचक घटेका छन् भने लगानी सर्वाधिक १.०२ प्रतिशतले घटेको छ । हिमालयन डिष्टिलरीको सर्वाधिक सात करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ भने ङादी ग्रुप पावरको सात करोड ७४ लाख, एनआइसी एसिया बैंकको छ करोड ९० लाख, नेपाल इन्स्योरेन्सको चार करोड ७२ लाख र अपि पावरको चार करोड ५१ लाखको कारोबार भएको छ ।

मंगलबार ५९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । युनिलिभर नेपाल, राप्ती हाइड्रो, नेपाल इन्स्योरेन्स, सामलिङ पावर र सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य, एनएमबी, विन्धवासिनी हाइड्रोपावर, एनआइसी एसिया ग्रोथ फण्ड, सिटिजन म्युचुअल फण्ड २, छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य बढेको हो । बाराही हाइड्रोपावरको सबैभन्दा धेरै ५.७ प्रतिशतले सेयरमूल्य घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?