समाजवादीका सम्मानित नेता खनाल आज भारत जाँदै

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै हुनुहुन्छ । उहाँ भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारतको पटना जान लाग्नुभएको हो ।

आज १० बजे बुद्ध एयरको उडानबाट उहाँ दुई दिनका लागि भारतको पटना जान लाग्नुभएको हो । सो क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?