एमाले प्रदेश कमिटीको सिफारिस, ‘दुर्गा प्रसाईलाई कारबाही गर’

हिमालय टाइम्स
Read Time = 2 mins

झापा ।  नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहनुभएका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उहाँलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उहाँका छोरा पारसलाई सहभागी गराई मेचीनगर-६ मा  ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गराउनु भएकाे थियाे ।

कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्मा शाह सहभागी हुभएकाे थियाे । पार्टीलाई कुनै खबर नै नगरी राजाबादी तथा हिन्दु अतिबादीहरुसँग मिलेर कार्यक्रम गरेको भन्दै उहाँको आलोचना हुदैँ आएको थियो ।

दुर्गा प्रसाईको पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत, संविधानविरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाहीसहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?