फ्रेण्ड्ससँग प्रकाशको सम्झौता नवीकरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब फ्रेण्ड्सका मिडफिल्डर प्रकाश बुढाथोकीले क्लबसँगको सम्झौता नवीकरण गर्नुभएको छ । फ्रेण्ड्सले सामाजिक सञ्जालबाट प्रकाशले सम्झौता थप गरेको जनाएको छ । फ्रेण्ड्सले नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि प्रकाशलाई क्लबमै राखेको हो ।

प्रकाशले अघिल्लो सिजन फ्रेण्ड्सको कप्तानीसमेत गर्नुभएको थियो । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ । फ्रेण्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?