जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषदकाे निर्णय

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मन्त्रिपरिषद्‍को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्धु र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

आज एमालेका ८ मन्त्रिले राजीनामा बुझाएलगत्तै मन्त्रिपरिषदको बैठक बसेको हो । रास्वपा र राप्रपाबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन्।

हाल मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्र र नेपाल जनमत पार्टी मात्रै छन्।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?